२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै?’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार संसद विघटविरूद्ध लाल्टिन जुलुस निकाल्दैछ। संसद विघटनविरूद्धको दोस्रो चरणको आन्दोलन अन्तर्गत अनेरास्ववियूले काठमाडौं उपत्यकामा आज लाल्टिन जुलुस निकाल्न लागेको हो। 

अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले काठमाडौंको माइतिघर मण्डलामा लाल्टिन जुलुस निकाल्न लागिएको जनाएका छन्। लाल्टिन जुलुसका लागि अनेरास्ववियूले ‘दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै?’ भन्ने नारा तय गरेको छ।  

यसअघि मंगलबार बसेको अनेरास्ववियूको बैठकले संसद विघटनविरूद्ध पुस २१ गतेदेखि २९ पुसम्मका लागि विभिन्न सङ्घर्षका कार्यक्रम तय गरेको थियो। जसअनुसार आजका लागि काठमाडौं उपत्यकामा लाल्टिन जुलुस र उपत्यका बाहिर आवश्यकताअनुसार लाल्टिन सिटी लाठी जुलुस निकाल्ने तय गरिएको थियो। 

प्रकाशित: २२ पुस २०७७ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App