८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनावका लागि सरकारले आर्थिक र सुरक्षालाई थप व्यवस्थित गर्न थालिसक्यो : मन्त्री तुम्बाहाङफे

फाइल तस्वीर

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफे तोकिएको मितिमा निर्वाचन गराउन सरकारले आर्थिकदेखि सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न थालेको बताएकी छन्। बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले आगामी वैशाखमा हुने निवार्चनका लागि सरकारले तयारी थालिसकेकाले तोकिएको मितिमा चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन्।उनले निर्वाचन आयोगले समेत तयारी सुरु गरिसकेको पनि जानकारी दिइन्।

अर्को प्रसंगमा उनले सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति तोकेको जिकिर गरिन्। उनले सरकारलाई पार्टीभित्रैबाट घेराबन्दीमा पारेर काम गर्न नदिइएको बताइन्। अब निर्वाचनले देशलाई निकास दिने उनको दाबी छ।

मन्त्री तुम्बाहाङफेले प्रधानमन्त्रीबाट विधिसम्मत र संविधानसम्मत तवरबाट संसद विघटन भएको दाबी गरिन्।  फरक प्रसंगमा उनले वर्तमान सरकारले राष्ट्र र राष्ट्रियताको पक्षमा उल्लेखनीय काम गरेको जिकिर गरिन्। वर्षौंदेखि भारतले उपयोग गर्दे आएको भूमिलाई नेपालको नक्सामा समेट्ने कार्य सरकारको ऐतिहासिक काम भएको उनको दाबी छ।

प्रकाशित: २० पुस २०७७ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App