coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वर्तमान राजनितिक संकटको प्रमुख नायक प्रचण्ड : विष्णु पौडेल

तस्बिर : नागरिक

नेकपाका नेता एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्डको सत्ता र शक्तिको अतृप्त महत्वकाक्षका कारण वर्तमान राजनितिक संकट उत्पन्न भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टीभित्रैबाट काम गर्न अवरोध गर्ने, सरकार विरुद्ध मोर्चाबन्दी गरेर षडयन्त्रको तानाबाना बुनेकै कारण प्रतिनिधिसभा विघटनको अवस्थामा मुलुक पुगेको बताए।  

नेकपा रुपन्देही (ओली) पक्षले आईतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डको अस्थिर मानसिकता र सत्ता केन्द्रीत महत्वकाक्षकै कारण पार्टी विभाजनमा आइपुगेको बताए। ‘दुई तिहाई नजिकको सरकार छ, आफ्नै पार्टीभित्रका केहि नेताहरुसँग मिलेर कार्यकारी अध्यक्षले प्रधानमन्त्रीलाई पदच्यूत गर्न खोजियो, प्रधानमन्त्री बाध्य भएर प्रतिनिधिसभा विघटनका लागि बाध्य हुनुभयो’, उनले भने।  

कोभिडका कारण सरकार जनताको स्वास्थ्य सुरक्षामा केन्द्रीत भएको बेला कार्यकारी अध्यक्षले प्रधानमन्त्रीलाई पदच्यूत गर्न खल्तीमा अविश्वासको प्रस्ताव बोकेर हिडेपछि मध्याअवधि निर्वाचनमा मूलूक जानुपरेको उनको जिकिर छ। ‘पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री विरुद्ध प्रचण्डले अभियोगपत्र पेश गर्नुभयो, त्यहिबाट विभाजनको श्रृखला शुरु भयो। त्यसलाई फिर्ता गरेको भए।  यो स्थिती आउदैनथ्यो’, पौडेलले भने, ‘म सहितका नेताहरु अन्तिमसम्म सहमतीकै लागि जुटेका थियौं, तर प्रचण्डकै कारण मुलुक यहाँ आइपुग्यो।’  

अधिकांश समय प्रचण्ड विरुद्ध खनिएका पौडेलले पुस ४ गते प्रधानमन्त्रीले समेत अभियोगपत्र फिर्ता गरेर सहमती गर्न प्रस्ताव गरेको सुनाए। ‘सोही दिन म सहितका नेताहरु प्रचण्ड जीसँग छलफलका लागि समय माग्यौ, उहाँले साँझ ६ बजे समय दिनुभयो, तर अन्तिममा आएर भोली आउन भन्नुभयो, तर, उहाँहरु प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावका लागि हस्ताक्षर गराउँदै हुनुहुदो रहेछ’ पौडेलले भने,‘ यिनै षडयन्त्र र अराजनितिक अभियोगपत्रका कारण मुलुक यो अवस्थामा आइपुग्यो।’ उनले प्रचण्डले अभियोगपत्र फिर्ता लिएको भए मन्त्रिपरिषदले निर्णय गरेपनि प्रतिनिधिसभा विघटनको सिफारशि फिर्ता गर्न सम्भव रहेको बताए।  

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा प्रतिनिधिसभा विघटनको प्रस्ताव पेश गर्दा पिडाबोध भएको अनुहारमा झल्एिको उनले बताए। ‘प्रधानमन्त्रीको पनि चाहना होईन, अविश्वासको प्रस्ताव ल्याएर मूलूकलाई नै अराजनितिक बाटोमा लैजान खोजेपछि संविधान र व्यवस्थाको रक्षाका लागि प्रतिनिधि सभा विघटन भएको हो’ उनले भने। पटक–पटक प्रचण्डकै कारण पार्टीभित्र विवाद उत्पन्न भएको र त्यसलाई सुल्झाउदै आएको उनले बताए। उनले क्रान्तिको नायकका रुपमा नेकपालाई जनताले जिताएको बताए। अब फेरी ताजा जनादेश मार्फत नेकपालाई नै जनताले मत दिने विश्वास समेत उनले दिलाए।  

अर्थमन्त्री समेत रहेका पौडेलले सरकारले आफ्नै पार्टीको असहयोगका बाबजुद पनि उपलब्धीमूलूक कामहरु गर्न सफल भएको दावी गरे। उनले कोभिडबाट नागरिकलाई बचाउने दायित्व पूरा गर्न खोप खरिदका लागि ५० अर्ब श्रोत व्यवस्थापनमा जुटेको बताए।  

प्रकाशित: १९ पुस २०७७ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App