५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेविरुद्ध कारबाही गर्छाैं : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्ति दिनेविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन्।  

आज अखिल नेपाल महिला संघ (अनेम संघ) को ज्ञापनपत्र बुझ्दै उनले राष्ट्रपतिको चरित्र हत्या हुने गरी टिप्पणी गर्नेविरुद्ध मन्त्रालयले छानबिन सुरु गरिसकेको जानकारी दिएका हुन्।  

संघले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडक र सामाजिक सञ्जालमा अत्यन्तै अशोभनीय, अराजक र निकृष्ट अभिव्यक्ति आइरहेको भन्दै छानबिन गरी कारबाहीका लागि गृहमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो।  

‘आगामी  वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आआफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढंगबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ,’ ज्ञापन पत्रमा भनिएको छ।

संघले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: १९ पुस २०७७ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App