४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रामकुमारी झाँक्रीको आरोप : प्रधानमन्त्री ओली भ्रष्टाचारीका संरक्षक

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी गफ मात्र गरेको काम नगरेको आरोप लगाएकी छन्।    

शनिबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले ओलीले भ्रष्टाचारीको संरक्षण गरेको कुरा सत्य भएको पनि दाबी गरेकी छन्।  

‘भ्रष्टाचारीको संरक्षण गरेको सत्य हो। हावादारी गफ गर्ने तर काम गर्न नसकेको सत्य हो। काम गर्न सकिनँ भनेर जाने संसदमा हो,’ नेतृ झाँक्रीले लेखेकी छन्, ‘संसद विघटन गर्ने प्रधानमन्त्रीलाई यस्तो अधिकार नै छैन। यस्तो असंवैधानिक ओली कदमको जति निन्दा गरे पनि पुग्दैन।’  

प्रकाशित: १८ पुस २०७७ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App