coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद विघटनको तेस्रो कडी हो, यो धेरै दिन टिक्दैन : घनश्याम भूसाल

नेकपाका नेता घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद तीन महिनाभित्र पुर्नस्थापना गरेरै छाड्ने जिकिर गरेका छन्। उनले जनताको भावना र संविधान विपरित प्रधानमन्त्रीले विघटन गरेको सदन जनताको बलमा पुर्नस्थापित हुने बताए।  

नेकपा (प्रचण्ड नेपाल) समूहले विघटित संसद पुर्नस्थापनाको माग राख्दै मंगलबार बुटवलमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै संसद पुर्नस्थापना भएरै छाड्ने बताए। ‘२०१७ सालमा संसद विघटन भयो, ३० वर्षपछि फर्कियो, २०६१ सालमा राजा ज्ञानेन्द्रले फेरी संसद खोसे, हामी लड्यौ, नेपाली जात लड्यो र तीन वर्ष पुग्दा नपुग्दै संसद फिर्ता ल्यायौ’ नेता भुसालले भने –‘कसैलाई लागेको होला, षडयन्त्र गरेर विघटन बचाइन्छ, त्यो कुनै हालतमा हुँदैन।’  

उनले संसद विघटनलाई आफूले तेस्रो कडीका रुपमा लिएको बताउँदै निरकुश र अलोकतान्त्रिक काम जनताको आन्दोलनले अन्त्य गर्ने बताए। असवैधानिक कदम नेपाली जातले कहिल्यै स्विकार नगरेको स्मरण गर्दै विघिटित संसद पुर्नस्थापनाको विकल्प नभएको दोह¥याए। प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अस्थिरता र दुर्घटनातर्फ लगेको आरोप लगाए।  

बुटवल राजमार्ग चौराहाबाट निस्किएको प्रदर्शनले बुटवलको मुख्य राजमार्ग क्षेत्रको परिक्रमा गरेको थियो। प्रतिगमनविरुद्ध जनप्रदर्शनको ब्यानर सहित सडक प्रदर्शन गरेको नेकपा (प्रचण्ड नेपाल ) समूहले प्रधानमन्त्री ओलिको कदम विरुद्ध नाराबाजी गरेका थिए।  

प्रकाशित: १४ पुस २०७७ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App