प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भोलि (मंगलबार) का लागि पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन्।
नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालका अनुसार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ।
पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।
यसअघि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ।
स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। तर त्यसअघि नै नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।
प्रकाशित: ६ पुस २०७७ ११:११ सोमबार