४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वर्षमान पुनबारे गलत प्रचार भइरहेको छ, कारबाही गर्न नपरोस् : सचिवालय

वर्षमान पुन

निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबारे गलत प्रचार गरिएको भन्दै उनको सचिवालयले कारबाही गर्ने चेतावनी दिएको छ।

नेकपा नेता पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं (सचिन) ले मन्त्री निवास छाड्ने बेला कुनै सरकारी सामान नलगेको तर चरित्र हत्या गर्ने गरी दुष्प्रचार गरिएको भन्दै यो क्रम जारी रहे कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्। 

‘निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले मन्त्री निवास छाडेर डेरा सर्ने क्रममा कुनै सरकारी सामान नलगेको स्पष्ट गर्न चाहन्छु। प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध मन्त्रिपरिषदमै र बाहिरसमेत प्रतिवाद गर्नुभएको र सोही कारण उहाँले मन्त्री पदबाट राजीनामा गर्नुभएको सर्वविदितै  छ,’ नेकपाका केन्द्रीय सदस्यसमेत रहेका चापागाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँको कदमबाट डराएका प्रवृत्ति र पात्रहरूले उहाँको सामाजिक र राजनीतिक चरित्र हत्या गर्ने खराब मनसायले गरिएको प्रचारप्रति आपत्ति प्रकट गर्दछु। यदि यस्तै प्रचारका गलत दुष्प्रचार जारी रहे गलत प्रचारमा संलग्नहरूमाथि कानुनी उपचारमा जानुपर्ने अवस्थासमेत आउन सक्ने जानकारी गराउँदछु।’

प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रपतिमार्फत संसद् विघटन गराएपछि नेकपा नेता पुनलगायत ७ मन्त्रीले पदबाट राजीनामा दिएका छन्। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको कदम गलत भएको भन्दै ७ मन्त्रीद्वारा राजीनामा

प्रकाशित: ६ पुस २०७७ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App