coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरामा कांग्रेसको विशाल प्रदर्शन

पोखरामा सोमबार कांग्रेसले निकालेको विरोध जुलुस । तस्बिरः उमेश पुन/नागरिक

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा पोखरामा कांग्रेसले विशाल प्रदर्शन गरेको छ । ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गरेको हो ।  

‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं’ भन्ने मूल नाराका साथ पोखरामा विरोध प्रदर्शन गरेको कांग्रेसले बताएको छ । दिउँसो एकबजे चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुुरु भएको प्रदर्शन महेन्दपूलमा पुगेर विरोधसभामा परिणत भएको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।  

‘ओलीको कदम असंवैधानिक भएकोले कांग्रेसले टुलुटुलु हेरेर बस्न सक्दैन । कानुन र लोकतान्त्रिक पद्धतीलाई जीवन सम्झने कांग्रेसले ओलीको कदमलाई सही मान्न सक्दैन, त्यसैले विरोधमा उत्रिएका हौं,’ उनले भने । पोखरा आसपासका क्षेत्रका कांग्रेस कार्यकर्ता पनि पोखरा आएका छन् ।  

विरोध सभामा पूर्व सभामुख तारानाथ रानाभाटले प्रधानमन्त्री ओलीको कदम जनभावना विपरित र देशी विदेशीको चलखेल अन्तर्गत रहेको बताए । उनले नेपाललाई रणभूमि बनाउन खोजेकोले पनि बताए । देशका लागि ओलीले गद्दारी र जनताप्रति बेइमानी गरेको उनले बताए ।  

अर्का कांग्रेस नेता शुक्रराज शर्माले कम्युष्टिलाई सधैंका लागि बिदा गर्नुपर्ने बताए । ओलीले होस गुमाएर संसद विघटनको निर्णय गरेको उनले बताए । राजा फाल्न पोखराको चिप्लेढुंगाबाट आन्दोलन सुरु भएको भन्दै शर्माले भने, ‘अब कम्युनिष्ट फाल्न पनि पोखराबाटै आन्दोलन सुरु भएको छ ।’

नेविसंघ कास्कीका पूर्व सभापति विकास थापाले कांग्रेसलाई नाफा र फाइदा भन्दा पनि जनताका लागि काम हुनुपर्ने बताए ।

प्रकाशित: ६ पुस २०७७ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App