११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन भारी बनाएर संसद विघटन गरेँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुलाई मन भारी बनाएर संसद विघटनको कदम चालेको बताएका छन्। उनले आफुँसँग यो बाहेक अर्को विकल्प नभएको बालुवाटार भेलामा सांसदहरुलाई बताएका थिए। 'पार्टी एकता कामय राख्न विभिन्न अवरोध खडा गरियो', उनले भने, 'साथीहरुले विभिन्न लान्छना लगाउनु भयो। सचिवालयमा विधि भन्दा व्यक्तिबारे छलफल गर्नु पर्यो। स्थायी कमिटीमा पनि त्यस्तै भयो।'

उनले पार्टीका नेताहरुले काम गर्न नदिएका कारण नयाँ जनादेशमा जान परेको बताएका थिए। 'म कसरी अलोकतान्त्रिक भए, कसरी निरंकुस भए', 'संसद विघटन गरेर अन्य कमद चालेको छैन। निर्वाचनमा जाउँ भनेर मिति घोषणा गरेको छु। निर्वाचन लोकतान्त्रिक विधि हो', भेलामा उनले भने।

जनताको बीचमा पुन: टेस्ट भएर आउन तयार हुन निर्देशन दिदै उपर्युक्त समयमा पार्टीको बैठक बोलाउने ओलीले बताए।

संसद विघटनको कदम असंवैधानिक भन्नु गलत भएको उनले बताए। आफु पहिलो नम्वरको अध्यक्ष भएकोले कसैले कारवाही गर्ने भन्ने प्रश्न नआउने ओलीको भनाई थियो। पार्टीमा आफ्नो हस्ताक्षर नै बैध हुने उनको भनाई थियो।

 

प्रकाशित: ६ पुस २०७७ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App