४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अवरुद्ध सार्क सम्मेलनका निम्ति सहमति जुट्नुपर्नेमा नेपालको जोड

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अवरुद्ध १९औँ शिखर सम्मेलन यथाशक्य चाँडो आयोजना गर्न सदस्य राष्ट्रहरुबीच सहमति जुट्नुपर्नेमा नेपालले पुनः जोड दिएको छ।      

सार्क सचिवालयमा आज भएको कार्यक्रम समितिको अप्रत्यक्ष बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले नेपालको परराष्ट्र नीतिले क्षेत्रीय सम्बन्ध र सहयोग विस्तारका लागि विशेष जोड दिएको बताउँदै सार्क क्षेत्रका सबैको समृद्धिका लागि व्यापार, वित्त, आर्थिक एकीकरण, सम्पर्क सञ्जाल विस्तार, जनस्तरको सम्बन्ध अभिवृद्धि हासिल गर्न एकजुट हुनुपर्ने विचार व्यक्त गरे।  

सार्कका महासचिव इशाला रुवान विराकुनले कोभिड–१९ को महामारीका कारण जनधनको क्षति भएका सदस्य राष्ट्रप्रति समवेदना व्यक्त गर्दै महामारीलगायत क्षेत्रीय स्वास्थ्य समस्या समाधान गर्न सार्कको महत्व अधिक रहेको बताए। रासस  

 

प्रकाशित: ३० मंसिर २०७७ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App