१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्री पौडेलले रुपन्देही पुगेर भने : नेकपा विवादले ओली सरकार ढल्दैन

अर्थमन्त्री एंव नेकपा महासचिव विष्णु पौडेल मंगलबार दिनभर गृहजिल्ला रुपन्देहीमा ब्यस्त रहे।  अघिल्लो दिन रुपन्देही ओर्लिएका अर्थमन्त्री विहानदेखि अपरान्हसम्म सडक अनुगमन, आन्तरीक राजस्वको निरीक्षण,  विद्यालय भवनको शिलान्यसदेखि पार्क निरीक्षणसम्म भ्याए।  रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित भएका पौडेलले विकास निर्माणका बजेट अभाव हुन नदिने प्रतिबद्धा जनाए।  केहि कार्यक्रममा भने नेकपाको विवादबारे पनि मुख खोले।  

कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै नेकपा महासचिव पौडेलले ओली नेतृत्वको सरकारको विकल्प नभएको बताए।  उनले नेकपामा देखिएको विवादले सरकारको निरन्तरतामा कुनै असर नपर्ने बताए।   मुलुकलाई अस्थिरता तिर धकेल्ने कोसिस भएको बताउँदै त्यस्तो सपना पूरा नहुने समेत बताए।  नेकपाको विवाद समाधान हुने र पार्टी एकता कायम रहने बताए।  ‘अन्तर विरोध छ,  एकातामा असर गर्दैन’ उनले भने।  

अर्थमन्त्री पौडेलले मंगलबार नै सैनामैनामा शुरु भएको ५४ किलो मिटर चक्रपथ आयोजनाको निरीक्षण गरेका छन्।  उनले चक्रपथ निर्माणको निरीक्षण गर्दै भने –‘रुपन्देहीका कुनै पनि विकास निर्माणका लागि बजेट अभाव हुँदैन, त्यसका लागि म प्रतिबद्ध छु।’

सैनामैना नगरपालिकाको वडा नं १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिब २० किलोमिटर उत्तरतर्फ र दक्षिणतर्फ ७ किलोमिटर चक्रपथको अर्थमन्त्रीले निरीक्षण गरेका हुन।  

सैनामैना चक्रपथ नगरको शहरीकरणका निम्ती र आम नागरिकहरुलाई यातायात सुविधा पुर्याकउन लागि कोसेढुङ्गा सावित भएको छ।   ५७ करोड १२ लाख लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ।   वि.स २०७४ जेठ १७ गते चक्रपथ सडकको ठेक्का सम्झौता भएको उक्त आयोजना वि.स २०७८ मङ्सिर ७ गतेसम्म पुरा हुने लक्ष्य लिइएको छ।  अर्थमन्त्रीले मंगलबार नै बुटवल ११ स्थित कालिकापथको स्थलगत अवलोकन गरे।  यसैगरि आन्तरीक राजस्व कार्यालय बुटवलको निरीक्षण, तिलोत्तमा स्थित मानवसेवा आश्रम भवनको शिलान्यास, कुञ्जपार्कको निरीक्षण एंव आन्तरीक राजस्व कार्यालयको अनुगमन गरेका हुन।  

अर्थमन्त्री भएपछि पौडेल शिलान्यास, उद्घाटन तथा निरीक्षण गर्ने वाहनामा जिल्ला आउनेक्रम बढेको छ।  प्रदेशको राजधानी दाङ लैजादा मौन बसेको आरोप लागेका बेला पौडेलको जिल्ला दौडाहा तिव्र भएको छ।  

आगामि चुनाव लक्षित गरि कार्यकर्ता फकाउनका लागि उनी जिल्ला आउनेक्रम बाक्लिएको नेताहरुको अनुमान छ।  करिव आधा दर्जन कार्यक्रम र कार्यकर्ता भेटघाटपछि अर्थमन्त्री पौडेल संघीय राजधानी काण्ठमाडौं फर्किए।  

 

 

प्रकाशित: ३० मंसिर २०७७ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App