२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सभामुख सापकोटा नगएपछि आजको संवैधानिक परिषद बैठक पनि स्थगित

संवैधानिक परिषद बैठक मंगलबार पनि स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान बोलाएको परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा गएनन्। विपक्षी दलका नेता उपस्थित भइरहेका बेला सभामुख सापकोटा भने अनुपस्थित भए। सभामुख उपस्थित नहुँदा बैठक सारिएको स्रोतले जनाएको छ।  

विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका लागि बसेको परिषद् बैठकका लागि प्रधानमन्त्रीले आवश्यक गृहकार्य र सल्लाह नगरेको भन्दै सभामुख सहभागी नभएको बताइएको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक डाकिएको थियो।

प्रकाशित: ३० मंसिर २०७७ ०४:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App