१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँचथरमा कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पाँचथरमा पनि सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ। पहाडी जिल्लाका विभिन्न गाउँबाट कार्यकर्ता आएर सदरमुकाममा कांग्रेसले विरोध प्रदर्शन गरेको हो।  

मोटरसाईकल तथा गाडीमा विभिन्न गाँउबाट नेता कार्यकर्ता सहभागि थिए। नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङका अनुसार जिल्लाका ६० वटा स्थानीय तहबाट  नेता–कार्यकर्ता विरोध प्रदर्शनमा सहभागि थिए। सदरमुकाम आसपास भन्दा टाढाका नेता कार्यकर्ता विरोध प्रदर्शनमा देखिए।  

‘केन्द्रमामात्र हैन गाँउमा पनि नेकपा सरकारको काम गर्ने तरीका उस्तै देखियो। भ्रष्टचार बढ्यो, जनतालाई सरकारको अभाष भएन’, च्याङथापुबाट आएका राजेन्द्र तिम्सिनाले भने, ‘विगतमा यस्ता कार्यक्रममा सहभागि हुन जागर नदेखाउनेहरु पनि सरकारको कामसँग आजित भएर फिदिम आएका छन्।’

सबैतिर सडक पुगेकाले सदरमुकाम आउन उनीहरूलाई सजिलो भएको छ। कोरोना भाइरसका प्रकोपका कारण सदरमुकाम आईजाई कम गरेका कांग्रेसका नेताकार्यकर्ता विरोध प्रदर्शनमा सहभागि भए। ‘सरकारका कामले गर्दा टाढाबाटै आउनु पर्ने बाध्यता सिर्जना गर्यो’, दुर्दिम्बाबाट आएका गणेश वाजीले भने विरोध प्रर्दशन पछि गणतन्त्र चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा अनुशासन विभागका सभापति भिष्मराज आङदेम्बेले सरकार अफसल भएको बताए। सरकारका एक–पछिका गलत कामले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा लज्जित भएको उनको भनाई थियो। कोणसभालाई कांग्रेस जिल्ला सभापति केरुङ लगायतले सम्बोधन गरेका थिए।  

प्रकाशित: २९ मंसिर २०७७ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App