१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बसेन संवैधानिक परिषद् बैठक

प्रधानमन्त्री अध्यक्षतामा बस्ने संवैधानिक परिषद्को वैठक आइतबारका लागि बोलाइए पनि बस्न सकेन। परिषद्को समयमै बैठक बस्न नसक्दा महत्वपूर्ण संवैधानिक आयोग पदाधिकारी नियुक्त हुन सकेका छैनन्। सबै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसको जिम्मेवारी पाएको परिषद्को बैठक डेढ वर्षदेखि बस्न सकेको छैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि संवैधानिक परिषद्को वैठक बोलाएका थिए। तर, परिषद्का सदस्य एवं विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित हुन नसक्ने बताएपछि बैठक बस्न सकेन। पार्टीको आन्दोलनका कारण आइतबारको बैठकमा उपस्थित हुन नसक्ने प्रधानमन्त्रीलाई शनिबार जानकारी गराएका थिए। डेढ वर्षपछि बस्न लागेको परिषद्को बैठक फेरि अनिश्चित बनेको हो।

महत्वपूर्ण मानिने राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारीविहिन बनेको दुई महिना पुग्न लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुईजना आयुक्त खाली छन्। त्यसैगरी राष्ट्रिय महिला, दलितलगायतका आयोगमा पदाधिकारी रिक्त छन्।

संवैधानिकपरिषद् प्रधानमन्त्रीको अध्यक्षता, सदस्यमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता, उपसभामुख सदस्य रहन्छन्। उपसभामुख रिक्त रहेकाले परिषद्मा प्रधानमन्त्रीसहित ५ जना छन्। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ।

संविधानमा लेखिएको संवैधानिक आयोगमध्ये दुईवटा मात्र पूर्ण छन्। अहिले सग्लो भनेको लोकसेवा आयोग मात्रै हो। लोकसेवा, महालेखा परीक्षकको कार्यालयबाहेक अन्य सबै आयोगमा प्रमुख आयुक्त, अध्यक्ष, सदस्य गरी कुनै न कुनै रूपमा खाली छन्।

महत्वपूर्ण मानिने राष्ट्रिय मानवअधिकार आयोग पदाधिकारीविहिन बनेको दुई महिना पुग्न लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुईजना आयुक्त खाली छन्। त्यसैगरी राष्ट्रिय महिला, दलितलगायतका आयोगमा पदाधिकारी रिक्त छन्।

प्रकाशित: २९ मंसिर २०७७ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App