२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले यी ३ प्रतिवेदन मात्र लागू गरे पनि देशहित हुन्थ्यो तर मूर्खका मनमा अर्ती : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न तीन प्रतिवेदन (रिपोर्ट) उल्लेख गर्दै ती मात्र लागू गरिए पनि राष्ट्रको हित हुने बताएका छन्।  

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले भीम गौतम मन्त्री रहँदा सबै भूमिसम्बन्धी आयोगका रिपोर्ट एकीकृत गरी बनाएको वैज्ञानिक भूमिसुधार प्रतिवेदन, आफैंले बनाएको शिक्षा आयोगको रिपोर्ट र सार्वजनिक खर्च पुनरावलोकन आयोगको रिपोर्ट लागू गर्न आग्रह सरकारलाई गरेका हुन्।  

‘यो सरकारले यी ३ रिपोर्ट मात्र लागू गरे पनि देश हित हुन्थ्यो : १. मेरो प्रमकालमा भीम गौतम मन्त्री रहँदा सबै भूमिसम्बन्धी आयोगका रिपोर्ट एकीकृत गरी बनाएको वैज्ञानिक भूमिसुधार प्रतिवेदन २. आफैं बनाएको शिक्षा आयोगको रिपोर्ट ३. सार्वजनिक खर्च पुनरावलोकन आयोगको रिपोर्ट,’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, ‘तर मूर्खका मनमा अर्ती...’ 

प्रकाशित: २२ मंसिर २०७७ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App