३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने

देउवा निवास बुढानीलकण्ठ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तनहुँ घटनासहित सरकारको पछिल्ला गतिविधिको बिरोधमा मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मीक बैठकले कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको साटो निषेधको राजनीति गर्न सक्रिय भएको ठहर गरेको हो।  

सरकारको जनबिरोधी कदमकाविरुद्ध पार्टीले मंसिर २९ गते देश व्यापी बिरोध प्रर्दशन गर्ने निर्णय गरेको जानकारी दिंदै उपसभापति विमलेन्द्र निधिले भने,‘सरकारले संसदको बैठक बेलाउन गरेको आलटाल, आर्थिक अनियमिता, कोरोना भाइरस नियन्त्रण र त्यसले पारेको प्रभावमा गरेको व्यवास्ता, तनहुँ घटनाको बिरोधमा पार्टीले मंसिर २९ गते देशभरी बिरोध कार्यक्रम गर्नेछ।’

तनहुँबाट शुक्रबारै काठमाडौं आएका नेता पौडेलले बैठकमा घटानका विषयमा जानकारी गराउँदै सभापति देउवासहित सबै नेताबाट घटनाका विषयमा देखाएको चासोप्रति धन्यवाद दिएका थिए।

प्रकाशित: १९ मंसिर २०७७ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App