२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपा नेताहरूलाई डा. भट्टराईको प्रश्न : पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ किन धाएको?

पार्टी तथा राज्यका समस्या समाधानको उपाय खोज्दै सत्तारूढ दल नेकपाका नेता राष्ट्रपतिकहाँ धाइरहेको देखेर जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रश्न उठाएका छन्।  

यसरी राष्ट्रपतिसँग राय लिनुपर्ने व्यवस्था नेपालको संविधानको कुन धाराअन्तर्गत हो भनेर उनले प्रश्न गरेका हुन्।  

त्यस्तो शक्तिशाली नै राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जान पूर्वप्रधानमन्त्री डा. भट्टराईले सुझाव दिएका छन्।  

‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धाराअन्तर्गत हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘त्यस्तो शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ न त। नत्र यो जो अगुवा उही बाटो ह...अति भो !’

प्रकाशित: १९ मंसिर २०७७ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App