१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सचिवालय बैठकअघि शंकर पोखरेलले भने : प्रधानमन्त्री ओलीको मात्रै दोष देख्नु गुटगत मानसिकता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले सचिवालय बैठक बस्नुअघि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षा गरेका छन्।

आज दिउँसो नेकपा सचिवालयको बैठक बस्दै छ।  

त्यसअघि बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीभित्र सिर्जित विवादमा अध्यक्ष ओलीलाई मात्र दोष दिएर राजीनामा माग्नु गुटगत मानसिकताको उपज भएको टिप्पणी गरेका हुन्। 

‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो,’ उनले लेखेका छन्। 

प्रकाशित: १६ मंसिर २०७७ ०६:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App