२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

‘कच्चा’ पत्रकारले नेकपा फुट्छ भनेर गलत प्रचार गरिरहेका छन् : खनाल

फाइल तस्बिर

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले कुनै हालतमा पनि पार्टी नफुट्ने दाबी गरेका छन्।  

उनले पार्टीभित्र लामो समयदेखि चलेको बहस देखेर फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न चेतावनी पनि दिए।  

‘नेकपा फुटिदिन्छ कि मैले ठूलो भाग खान पाउँछु कि मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ, अहिलेदेखि कसैले रोटी बेल्दै छ भने सेकाउने ठाउँ पाउनुहुन्न,’ इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा अस्पतालको शिलान्यासमा उनले भने।  

उनले नेकपाको अहिलेको छलफल र बहस देखेर पार्टी फुटको सङ्घारमा पुगेको अड्कलबाजी मिथ्या साबित हुने दाबी गरे।  

खनालले मिडियाले प्रचार गरेजस्तो नेकपा कच्चा नभएको उल्लेख गरे।  

‘खास गरेर मिडियामा बसेका कच्चा मानिसले गलत कुरा प्रचार गरिरहेका छन्, नेकपा फुट्छ भनेर कुर्लिएका छन्, तर म तपाईंहरूलाई भन्छु- नेकपा फुट्दैन, नेकपा टुट्दैन, यसलाई कसैले पनि फुटाउन सक्दैन, पार्टीभित्रको अहिलेको चलेको बहस र छलफलले अझै मजबुत बनाउँछ,’ खनालले भने।  

उनले अहिलेको बहस पार्टीको एकताका पक्षमा रहेकाले नडराउन कार्यकर्तालाई आग्रह गरे।  

‘नेकपालाई कसले फुटाउन सक्छ? कुन नीतिले फुटाउन सक्छ? कुन कानुनले फुट्न सक्छ? हामी चुनौती दिन चाहान्छौँ,’ उनले भने, ‘हामीलाई फुटाउने भनेको संविधानबमोजिम कानुनबमोजिम फुटाउन सक्नुपर्छ तर संविधान र कानु।ण्नले पार्टी फुटाउन दिँदैन तसर्थ हामी पार्टीलाई जोड्ने पक्षमा छौँ, बहस छलफलबाट आतिनुपर्ने कुरा छैन।’ रासस

प्रकाशित: १५ मंसिर २०७७ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App