१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ७ गते ताप्लेजुङको घुन्सा आउने, सुरक्षा टोली खटाइँदै

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतबार ताप्लेजुङको घुन्सामा आउने भएका छन्। यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाई आएको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले प्रधानमन्त्रीको आउने कार्यक्रम मंसिर ७ गतेका लागि तय भएको मौखिक जानकारी प्रशासनमा प्राप्त भएको बताए।  

उनले प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएपछि सुरक्षा प्रमुखसहितको टोली बिहीबार(आज) नै घुन्सातर्फको यात्रामा जान लागेको जानकारी दिए। ‘भर्खरै मात्र प्रधानमन्त्री ज्यूको कार्यक्रम बारे जानकारी आएकोले हामी घुन्सातर्फको यात्रामा निस्कन लागेका छौं’ प्रजिअ चापागाँइले भने। घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउन लागेका हुन्। घुन्सापछि उनी इलामको सन्दकपुरसम्म पुग्ने कार्यक्रम रहेको बुझिएको छ।

प्रकाशित: ४ मंसिर २०७७ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App