६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीलाई बहिनी कौशल्याले लगाइदिइन् भाइटीका

सोमबार बालुवाटारस्थित सरकारी निवासमा बहिनी कौशल्या कोइरालाबाट भाइटीका लगाउँदै प्रधानमन्त्री ओली, साथमा पत्नी राधिका शाक्य। तस्बिर : सूर्य थापाको फेसबुकबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) बहिनीबाट भाइटीका लगाएका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार झापामा रहेका अन्य बहिनी कोरोना महामारीका कारण काठमाडौं आउन नसकेकाले प्रधानमन्त्री ओलीलाई यसपालि बहिनी कौशल्या कोइरालाले मात्र भाइटीका लगाइदिएकी हुन्।  

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा कोइरालाले आफ्ना दाजु ओली र भाउजुलाई टीका लगाइदिएकी हुन्।

आफूले टीका ग्रहण गरिसकेपछि प्रधानमन्त्री ओलीले पनि आफ्नी बहिनीलाई टीका लगाइदिएको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।  

प्रकाशित: १ मंसिर २०७७ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App