४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

फाइल तस्बिर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ। लामो समयपछि नेकपा सचिवालय बैठक बस्न लागेको हो। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुरी बढेपछि सचिवालय बैठक पनि अनिश्चित बनेको थियो। दाहाल, माधव नेपाल लगायत सचिवालयका ५ जना नेताले बैठक बोलाउन दवाब दिँदै आए पनि ओलीले त्यसलाई टार्दै आएका थिए।

उनीहरुले पछिल्लो पटक लिखितरुपमा नै ओलीलाई बैठक बोलाउन पत्र पठाएका थिए। पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहाल दुवैले सचिवालय बैठकलाई प्रतिष्ठाको विषय बनाएका थिए। कार्यकारी अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले शनिबार ओलीलाई भेटर दुई दिनभित्र सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए। तर ओलीले उक्त समयसीमाभित्र बैठक नबोलाएपछि दाहालले मंगलबार फेरि ओलीलाई भेटेर बिहीबारका लागि सचिवालय बैठक राख्न प्रस्ताव गरेका थिए। ओलीले बिहीबार वा शुक्रबार बैठक बस्न सकिने संकेत गरेका थिए। त्यसैअनुरुप महासचिवले आज ४ बजेलाई बैठक तय गरेका हुन्।  

 

 

 

प्रकाशित: २८ कार्तिक २०७७ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App