२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीनलाई चुनौती दिन्छु : जीवनबहादुर शाही

फाइल तस्बिर : नेता जीवनबहादुर शाही

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीन सरकारलाई नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिएका छन्।  

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले हुम्लामा चीनले सीमा मिचेको भनेर ‘गलत हल्ला’ फैलाउन उनीसहितको शक्ति सक्रिय रहेको आरोप लगाएपछि नेता शाहीले विज्ञप्ति जारी गरी खण्डन गरेका हुन्।  

कर्णाली प्रदेश, विपक्षी दलका नेतासमेत रहेका शाहीले विज्ञप्तिमार्फत चीन सरकारलाई नेपालको भूमि मिचेकै छैन भनेर प्रमाण दिन चुनौती पनि दिएका छन्।  

‘आफ्नो मुखपत्र ग्लोबल टाइम्समार्फत चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु र एक इन्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिन्छु,’  नेता शाहीले विज्ञप्तिमा लेखेका छन्।

नेता शाहीले प्रकाशन गरेको विज्ञप्ति हेर्नुहोस् :

प्रकाशित: २७ कार्तिक २०७७ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App