१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सांसद केसीको निधन : बुधबार कांग्रेसका सबै कार्यालय बन्द गरिने

पार्टीको छलफल पनि रोकियो

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यसमेत रहेका आफ्ना आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको शोकमा बुधबार देशभरका पार्टी कार्यालय बन्द गर्ने भएको छ। 

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद केसीको निधनको शोकमा बुधबार केन्द्रीय कार्यालयसहित सबै जिल्लाका पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको हो।

नेता केसीको निधन भएको १३औं दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि सभा गर्ने पनि कांग्रेसले निर्णय गरेको छ। कात्तिक १८ देखि २० गतेसम्म ३ दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने पनि निर्णय गरिएको छ।  

केही समयदेखि मिर्गौला रोगबाट पीडित केसीको ६३ वर्षको उमेरमा सोमबार राति १० बजे कास्कीको पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित आफ्नै निवासमा निधन भएको हो।

उनी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य बनेका थिए।  

२०३३ सालमा नेपालमा विभिन्न व्यक्तिसँगको सहकार्यमा रारा चाउचाउ उत्पादन सुरु गरेर केसीले नेपाली उद्योग व्यवसायका क्षेत्रमा पनि छुट्टै पहिचान बनाएका थिए।  

यसैबीच केसीको निधनका कारण पार्टीभित्र उत्पन्न विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच मंगलबार हुने भनिएको छलफल पनि स्थगन गरिएको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएका १६ बुँदे मागका विषयमा सोमबार पनि छलफल गर्ने बताइएको थियो।  

प्रकाशित: १८ कार्तिक २०७७ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App