५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

‘रअ प्रमुखसँग भेट’बारे बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाबीच भनाभन

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्त गोयललाई ‘सुटुक्क भेटको’ भन्ने विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र लेखक खगेन्द्र संग्रौलाबीच ट्विटरमा जुहारी चलेको छ।

संग्रौलाले बुधबार बिहान कोरोना संक्रमित डा.भट्टराईलाई ‘सामन्त गोयल्सले देहमा सुटुक्क कोरोना सल्काउनु सामान्य कुरा भए पनि दिमागैमा भाइरस सल्काए कि भन्ने आशंकाले पो सतायो’ भनी व्यंग्य गर्दै ट्विट गरेका थिए। 

लगत्तै डा. भट्टराईले ‘संग्रौलाजस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिएको’ कटाक्ष गरेका थिए।  

यसपछि लेखक संग्रौलाले  पुनः दुईवटा ट्विट गरेका हुन्। 

संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘आदरणीय डाक्ट साहेब, अनलाइन र सञ्जालमा यो खबर यत्रतत्र आयो। यो अकिञ्चनमाथि कटाक्ष गर्नुको सट्टा अनलाइन र सञ्जालमा यो खबर दिने ‘कागहरू’ तर्फ कटाक्ष गर्नु पो बद्धिमानी हुँदो हो कि कि! कोभिडको यो महामारीमा खबरको सत्यताबारे सोध्न म कुन ज्ञानीको मुख ताकूँ?’  

यस्तै उनको अर्काे ट्विट छ- ‘ज्योति मलहोत्राको लेखलाई सिरानी हालेर सुधीर शर्मा नामक ‘काग’ले ट्विट गर्‍या छन्। होइन भने प्रमाणित गरेर यी ‘काग’ को झाँको झारे भइगो डाक्टसाप, यो गनगन किन?’

प्रकाशित: १२ कार्तिक २०७७ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App