२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बिहीवार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएकी हुन्।

 

यो पनि पढ्नुहोस्

पोखरेलको रक्षा मन्त्रालय खोसियो, पौडेल अर्थमन्त्री

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन्।

यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ। उपप्रधानमन्त्री पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले राखेका छन्। पोखरेललाई मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ। 

प्रकाशित: २९ आश्विन २०७७ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App