१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता सुरु भएको छ।

सरकारले वुधबार डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा टोली गठन गरेको थियो। त्यस लगत्तै केसी पक्षले डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। दुई पक्षबीच शिक्षा मन्त्रालयका वार्ता सुरु भएको हो।

सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन्।

डा. केसीको टोलीमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन्।

डा. केसीले ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए।  

 

 

प्रकाशित: २२ आश्विन २०७७ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App