१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान दिवसः ५९४ जनालाई मानपदवी, अलंकार र पदक(सूचीसहित)

अख्तियारका पूर्व आयुक्त धिमिरेलाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)

फाइल तस्वीर/नागरिक

सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सरकारले ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने भएको हो। विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ।

सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइतलाई सम्मान गरिँदै छ। त्यस्तै अख्तियार दुरपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त नविनकुमार घिमिरेलाई पनि प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) बाट सम्मानि गरिने भएको छ।

यसपटक नेपाल रत्न कसैलाई पनि दिइएको छैन। राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु-याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ। यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेहरुको सूचीमा राखेको छ।

 

प्रकाशित: ३ आश्विन २०७७ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App