१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बामदेवलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझाको आपत्ति, मन्त्री नबनाउन आग्रह

प्रतिनिधि सभाको गत निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ। राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएको साझाले जनाएको छ। 

पार्टिका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गौतमलाई राष्ट्रिय सभामा लैजानु आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास र लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार भएको ठहर गरेको हो।  

‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनः एक पटक 'तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन भन्ने हठी सन्देश दिएको छ।’ विज्ञप्तिमा भनिएको छ। ‍‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’ साझा पार्टीले गौतमलाई मन्त्रिमण्डलमा नलैजान समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

प्रकाशित: २ आश्विन २०७७ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App