७ वैशाख २०८१ शुक्रबार
राजनीति

कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्रष्ट राजनीतिको चरम नमुना : रवीन्द्र मिश्र

कार्यकाल सकिएपछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट भर्खरै बिदा भएका कुलमान घिसिङलाई पुनःनियुक्ति नदिनुलाई साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ‘भ्रष्ट राजनीतिको चरम नमुना’ भनेका छन्।

गत आइतबार चारवर्षे कायकाल सकिएका घिसिङलाई पुनः नियुक्ति दिने चर्चा चले पनि मंगलबार मात्र प्राधिकरणबाट औपचारिक रूपमा बिदा गरिएको छ।  

यसै विषयमा साझा पार्टीका संयोजक मिश्रले बुधबार समाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका हुन्।  

‘धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। ‘विज्ञापन गर्छौंं, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन। नराम्रो गरे त्यही करारका सर्तलाई देखाएर ‘तिम्रो करार सेवा टुंगियो’ भनिन्छ,’ मिश्रले फेसबुकमा लेखेका छन्, ‘कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्धति होइन, भ्रष्ट राजनीतिको चरम नमुना हो।’

प्रकाशित: ३१ भाद्र २०७७ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App