५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमसिसीका ‘दलाल’ले मेराबारे कुप्रचार गरे : भीम रावल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको भन्दै आक्रोश पोखेका छन्।  

शनिबार ट्विटरमार्फत उनले त्यसरी कुप्रचार गर्नेहरूलाई ‘दलाल’ को संज्ञासमेत दिएका छन्।  

‘मैले भन्दै नभनेको कुरा गरी एमसिसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसिसि पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन्,’ नेता रावलले ट्विट गरेका छन्, ‘यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छाडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन।’

नेता रावलले एमसिसी हुबहु पारित गरे राष्ट्रघात हुने अडान राखिरहेका छन्। तर हिजो शुक्रबार सम्पन्न नेकपाको स्थायी कमिटी बैठकमा उनले पनि एमसिसी पारित गर्नुपर्ने पक्षमा बोलेको भन्दै समाचार आइरहेका छन्। 

शुक्रबार सम्पन्न नेकपाको स्थायी कमिटीको बैठकले एमसिसी परिमार्जनसहित पारित गर्नुपर्ने निर्णय गरेको छ।

प्रकाशित: २७ भाद्र २०७७ १०:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App