२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा स्थायी समिति बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु हुनुभन्दा अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलसमेत भएको थियो।

नेकपाको स्थायी समिति बैठक असार १० गतेबाट सुरु भएको भए पनि शीर्ष नेताहरुबीच देखिएको विवादका कारण बेला बेला स्थगित हुँदै आएको छ। असारबाट जारी बैठक विवादकै कारण अहिलेसम्म सकिएको छैन।

पार्टीमा देखिएको विवादलाई समाधान गर्न अध्यक्षद्वयले महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल बनाएर प्रतिवेदनसमेत बुझिसकेका छन्। कार्यदलको प्रतिवेदन अनुसार बैठकका एजेण्डा तय गरिएको बताइएको छ।

 

प्रकाशित: २६ भाद्र २०७७ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App