१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउन छलफल, निर्णय भोली हुने

निषेधाज्ञा लम्ब्याउने वा हटाउने भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको मंगलबारको बैठक निष्कर्षविहीन बनेको छ। भक्तपुरका प्रमुुख जिल्ला अधिकारीको ढिलो उपस्थिति भएको र निषेधाज्ञा मोडालिटीबारे आवश्यक छलफल हुन बाँकी रहेकाले निष्कर्षविहीन बनेको हो।  

निषेधाज्ञाको मोडालिटीमा केही छलफल भएपनि सम्बन्धित निकाय र व्यक्तिसँग पुग्दो छलफल नभएका कारण आज निर्णय हुन नसकेको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए। उनले यसबारेमा बुधबार छलफल हुने बताए। ‘आज सुरक्षाको विषयमा केही छलफल भयो, बाहिरी अवस्था र निषेधाज्ञाको बारेमा पनि समिक्षा भयो, बाँकी निर्णय भोली हुन्छ,’ उनले भने।  

बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीको उपस्थिति रहेको थियो।  

निषेधाज्ञा पूर्ण रुपमा नहटाइए पनि केही सहज बनाउने गरी अघि बढ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। उनले भने, ‘सिधै निषेधाज्ञा हट्दैन, संक्रमण फैलँदो अवस्थामा छ, त्यसकारण आम नागरिकलाई सहज हुनेगरी निर्णय हुन्छ।’

प्रकाशित: २३ भाद्र २०७७ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App