२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिदैन: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एकता कायम राख्ने नाममा गलत विचार र प्रवृतिको ढाकछोप गर्न नसकिने बताएका छन्। कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले गलत विचार र प्रवृतिहरूको ढाकछोप नगरी फछ्र्यौट गर्नुपर्ने बताए ।

कुनै पनि बाहानामा पार्टी विभाजन हुनुहुँदै भन्ने जनताको चाहाना नेतृत्वले बुझेको उल्लेख गर्दै दाहालले भने, ‘आम जनता र कार्यकर्ताको चाहाना पार्टी विभाजित नहोस भन्ने छ, भन्ने कुरा नेतृत्वको हैसियतले हामीले राम्रो सँग बुझेका छौँ । तर एकता अक्षुण राख्ने नाममा विभिन्न विचार, प्रवृति र इस्युहरुको बहस ढाकछोप र छोपछाप हुने हुनुहुँदैन । तिनको फछ्र्यौट ठिक ढंगले गरिनुपर्छ भन्ने कुरामा पनि सचेत छौँ । पुराना नेताहरुप्रति श्रद्धासुमन र सम्मान प्रकट गर्दा लिनेपर्ने शिक्षा यहि हो ।’

अध्यक्ष दाहालले समाचारहरूमा आएजस्तो पद प्राप्तीका लागि पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गर्दै उहाँले विधि र पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा छलफल केन्द्रित रहेको बताउनुभयो । उनले भने, ‘पटक पटक पद दिएर कम्युनिष्ट आन्दोलन एकतावद्ध हुन नदिने कसरतहरुसँग लडेर हामी आएको हो । अस्थिरता झल्किने कुनै पनि काम नहोस भन्नका लागि आफ्नो तर्फबाट सेक्रिफाइज गरिएका छन्। 

त्यसैले पद प्राप्तीका लागि छिनाझम्टी होइन । यो कम्युनिष्ट पार्टीको विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । विचारलाई कसरी स्पष्ट पार्ने, इस्युहरुमा कसरी अगाडी जाने र विधि पद्धतीको पालना कसरी गराउने भन्ने विषयमा नै केन्द्रित भएर हाम्रा छलफल चलिरहेका छन ।’

अध्यक्ष दाहालले अहिलेको बहसले पार्टीको एकतालाई अझ माथिल्लो स्तरमा लग्दै सुदृढ गर्ने बताए । पार्टी एकता टुटाउने फुटाउने प्रवृतिहरूलाई सबै मिलेर परास्त गर्नुपर्ने उनले बताए । 

प्रकाशित: १७ श्रावण २०७७ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App