१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘ऐन कानुन विपरितका नियुक्ती खारेज गर’

रुपन्देहीका तरुणहरूले तिलोत्तमा नगरपालिकाको गेटमा टासीदिएका प्लेकार्डहरू । तस्बिर : नगारिक

स्थानीय तहहरूमा अनियमितता र बेथिति बढेको भन्दै तरुण युवाहरूले रुपन्देहीको तिलोत्तमामा बिरोध प्रर्दशन गरेका छन्। तिलोत्तमा नगरपालिकाले ऐन कानुन बिपरित गरेका नियुक्ती खारेज गर्नुपर्ने, अनियमितता र बेथितिको अन्त्य हुनु पर्ने ऐतिहासिक तथा पुरातात्विक सम्पदा सहित सार्वजनिक जग्गाको संरक्षण गर्नु पर्ने लगायतका माग राख्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आइतबार मणिग्राममा बिरोध प्रदर्शन गरेको हो ।  

नगरपालिकाले मनमौजी रुपमा ऐन कानुन बिपरित सल्लाहकार तथा अन्य पदमा कर्मचारी नियुक्त गरी खर्च बढाएको, नौ करोड बढी बेरुजु देखिएको, प्राचिन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न तरुण दलले माग गरेका छन्। तरुण दल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरीरहेको बताए ।  

राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरू मनपरी वितरण गरेको, वडा नं. ११ को बुद्धकालिन पोखरी संरक्षण गर्नुको साटो नगरपालिकाले नै अतिक्रण गरेर भवन बनाइरहेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न क्षेत्रीले माग गरे  । सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको भएपनि तिलोत्तमा नगरपालिकाले  भने नमुना काम देखाउने लहडमा वडा नं ११ को प्राचिन पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाई रहेको छ । त्यस्तै नगरपालिकाको अघिल्लो वर्षकै ९ करोड ४० लाख ४३ हजार बेरुजु छ ।  

राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरू मनपरी बितरण गर्ने, प्राचिन सम्पदा मास्ने,कानुन बिपरित कार्यकर्ता भर्ती गरी जनताले तिरेको करको दुरुपयोग गर्ने कार्य तत्काल रोक्नु पर्ने माग तरुणहरूले गरेका छन्। ६ लेन सडकको बिचमा राखीएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाइ  कारबाहीकालागि पहल गर्नु पर्ने माग उनीहरूको छ । तिलोत्तमाको ६ लेख सडक बिचमा राखीएका बुद्धका मुर्ती पोहोरको साउनमा फोडीएको थियो । तर सो घटनाको प्रभावकारी छानबिन नहुँदा दोषी पत्ता लाग्न सकेको छैन ।  

९ करोड ४० लाख रकम बेरुजु खै ?,सडकका रुख काटने अपराधी खोइ ?पुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइदैन,ऐन कानुन बिपरितका नियुक्ती खारेज गर, र्सावजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्ड सहित तरुण युवाहरूले तिलोत्तमा नगरपालिका कार्यालय अगाडीको सडकमा बिरोध प्रर्दशन गरेका थिए ।

प्रकाशित: १२ श्रावण २०७७ १८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App