२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्न सर्वाेचको अनुरोध

पछिल्लो समय न्यायसम्पादनमा उठेको विवादमा सर्वाेचले ध्यानाकर्षण भएको विज्ञप्ती निकालेको छ । न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि र प्रक्रिया अदालतबाटै निरुपण हुने भन्दै सर्वोच्चले त्यस्ता विषयमा टिप्पणी र विवाद नगर्न आग्रह गरेको छ ।

अदालतमा दर्ता हुने विवादहरु निरुपण संविधान कानुन र न्यायका मान्य सिद्धान्त बमोजिम हुने र अदालतमा भएका फैसला र आदेशउपर चित्त नबुझे निर्धारित विधि र पक्रिया अनुरुप उपचार मागए अनुशरण गर्न सकिने नै हुन्छ ।’ प्रवक्ता भद्रकाली पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्धाको काम कारवाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टीका टिप्पणी नगर्नसमेत सम्वद्ध सबैमा अनुरोध छ ।’

पत्नी हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएको फैसला र महाराजगञ्ज हिट एण्ड रन घटनाका अभियुक्तलाई धरौटीमा छाड्ने आदेश विवादित भएका छन् ।

प्रकाशित: १२ श्रावण २०७७ १४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App