coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन फागुन ७ बाटै हुने

कार्यतालिका सबै संशोधन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै अन्य कार्यतालिका संशोधन गर्ने भएको छ। कोरोना भाइरस संक्रमणका कारण महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि आइतबार बसेको पदाधिकारी बैठकले फागुन ७ देखि १० गतेको अन्तिम मिति यथावत राख्दै अन्य कार्यतालिका परिर्वतन गरेको हो।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बसेको बैठकले महाधिवेशनको संशोधित कार्यतालिका तय गरेको हो। संशोधित कार्यतालिकालाई अनुमोदन गर्न मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बोलाइएको छ। कात्तिक १६ गतेदेखि तल्लो तहको अधिवेशन सुरु गर्ने यसअघिको कार्यतालिका संशोधन गर्दै कांग्रेसले पुसमा पु¥याएको छ। यसअघि नै महाधिवेशनको कार्यतालिका संशोधन गरिसकेको कांग्रेसले संगठन समायोजनसहितका नौ चरणको तालिका संशोधन गरिसकेको छ।  

फागुन ७ देखि १० गतेसम्म १४औं महाधिवेशन गर्ने पार्टीको यसअघिको मिति कायमै राखेर नयाँ कार्यतालिका पेस गर्न सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार महामन्त्री पूर्णबहादुर खड्काले संशोधित कार्यतालिका पेस गरेका थिए। उनले पदाधिकारी बैठकमा पेस गरेको कार्यतालिकाअनुसार असार मसान्ताभित्र संगठन समायोजनको काम सक्न जिल्लालाई समय दिइने भएको छ। अझै २६ जिल्लाको संगठन समायोजन सक्न बाँकी भएपछि कांग्रेसले निर्वाचन समितिसँगको परार्मशमा समायोजनका लागि नयाँ निर्देशिका पठाइने भएको छ।

महाधिवेशनको प्रारम्भीक चरणअन्र्तगत सदस्यता वितरण र नवीकरण सुरु गरेको कांग्रेसले अब साउन मसान्तासम्म सदस्यता वितरणको समय दिने भएको छ। यसअघि  चैतसम्म मात्र समय तोकिएको थियो। अहिलेसम्म संगठन समायोजनको काम सकेका ४० जिल्लाले सदस्यता नवीकरण र नयाँ वितरणको काम सुरु गरिसकेका छन्।

सदस्यता छानबिनसहितका सात चरणको काम सकेर सभापतिले सदस्यताको प्रमाणित प्रतिलिपी मंसिर मसान्तभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने उल्लेख छ। यसअघि उक्त मिति साउन मसान्ताका लागि तय गरिएको थियो।  

त्यसैगरी, कात्तिक १६ गतेबाट सुरु गर्ने भनिएको गाउँ÷नगर अधिवेशन दुई महिना पर पुस ६ गते देखि गर्नेगरी संशोधन गरिएको छ। संशोधित कार्यतालिकाअनुसार पुस ८ गते, गाउँ/नगर, प्रदेशसभा पुस ११ गते, प्रतिनिधिसभा क्षेत्र पुस १३ गतेका लागि तय भएको छ।  

कात्तिक २५ का लागि तय भएको जिल्ला अधिवेशन पुस १६ गते गर्ने निर्णय गर्दै कांग्रेसले प्रदेश अधिवेशन माघ ६ गतेका लागि प्रस्ताव गरिएको छ। यसअघि प्रदेश अधिवेशन मंसिर २९ गते गर्ने कांग्रेसले निर्णय गरेको थियो। तर, कोरोना भाइरसको संक्रमणसँगै सदस्यता वितरणसहितका सम्पूर्ण काम रोकिएपछि सभापति देउवाले महाधिवेशन टार्न लागेको भन्दै इतर समूहले आलोचना गर्दै आएका छन्।  

यसैबीच, संसद्को राज्य व्यवस्था समितिले पारित गरेको नागरिकतासम्बन्धी विधेयकमा कांग्रेसले असहमति जाहेर गर्दै यसबारे आफ्नो औपचारिक धारण मंगलबारको बैठकमा ल्याउने बताएको छ। 

प्रकाशित: १५ असार २०७७ ०२:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App