९ कार्तिक २०७८ मंगलबार
राजनीति

प्रधानमन्त्रीबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले   ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७५/०७६’ पेस गर्ने भएका छन् । उनले  राष्ट्रिय सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा साे प्रतिवेदन पेस गर्नेछन् ।

त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडाले  आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (चौबिसौं संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । उनले  आर्थिक विधेयक, २०७७, राष्ट्र ऋण उठाउने विधेयक, २०७७ र ऋण तथा जमानत (चौबिसौं संशोधन) विधेयक, २०७७  पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् ।

विधायन व्यवस्थापन समितिका  सभापति परशु राम मेघी गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् ।

प्रकाशित: ८ असार २०७७ ११:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App