राष्ट्रियसभाको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७’ टेबुल गर्ने भएका छन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले ‘प्रतिलिपि अधिकार ९पहिलो संशोधन० विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित: २८ जेष्ठ २०७७ ०७:४९ बुधबार