५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

संविधान संशोधन विधेयकमा सैद्धान्तिक छलफल हुँदै

प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न पेस भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ ।  

सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेपछि सोहीअनुसार नक्सा र निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो ।      

बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजित बजेट शीर्षकमा मन्त्रालयगत छलफल सकिएपछि संविधान संशोधन विधेयकमाथिको छलफल कार्यसूचीमा राखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछिन् । यही जेठ ९ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको सो विधेयक जेठ १९ गते सदनमा पेस भएको थियो ।      

प्रकाशित: २७ जेष्ठ २०७७ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App