४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मकाण्डी शैलीमा नीति तथा कार्यक्रम ल्याइयो : शशांक

प्रमुख प्रतिपक्ष नेपाली दल कांग्रेसका महामन्त्री डा. शशांक  कोइरालाले कर्मकाण्डी शैलीमा नीति तथा कार्यक्रम आएको बताएका छन् । आज दिउँसो ११ बजे  बसेको प्रतिनिधिसभाको बैठकमा उनले  यस्तो बताएका हुन् ।  

नीति तथा कार्यक्रममा कोरोना रोकथामलाई पहिलो प्राथमिकतामा राखिए पनि खासै कार्यायोजना नआएको उनको टिप्पणी थियो । त्यस्तै, राहत वितरणमा स्थानीय तहको भूमिका प्रभावकारी हुनेमा उनको जोड थियो ।

उनले भारतबाट मिचिएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद समाधान गर्न उच्चस्तरमा सार्थक र परिमाणमुखी वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले विदेशबाट स्वदेश फर्कन चाहने नागरिकलाई सुरक्षित तवरले घर फर्काउन आग्रह गरेका छन् ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App