१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीमानामा सुरक्षाकर्मी राख्न ढिलाई किन ?

पाँचथरको फालेलुङ गाँउपालिकाको फालोटामा दशगजा क्षेत्रमा रहेको भारतीय सडक । तस्बिर : गिरिराज बाँस्कोटा / नागरिक

जिल्लामा मन्त्री, राजनीति दलका नेताहरु आउँदा होस् या नयाँ प्रमुख जिल्ला अधिकारी आउँदा भारतसंग सिमाना जोडिएको क्षेत्रमा सुरक्षाकर्मी राख्नु पर्ने विषय पटपटक उठ्ने गरेको छ । उच्च पहाडी भू–गमा पर्ने सिमानामा नेपाल तर्फ सुरक्षा उपस्थीति नुहँदा अनेकन समस्याका बारे बहसमात्रै हुदैन चाडै सुरक्षाकर्मी राख्ने प्रतिवद्धता समेत व्यक्त हुने गर्छ । अफसोच ! यस्तो प्रतिवद्धता कार्यान्वय भने भएको छैन् ।  

सिमा क्षेत्रमा हुने समारोह तथा रमणिय ठाँउ घुम्न मन्त्री, नेताहरु, जिल्लाका उच्च सरकारी अधिकारीहरु पटक पटक पुगेका छन् । सिमाना सुरक्षाकर्मी सहित नेपाल तर्फ सरकारी उपस्थिति नुहँदाको सास्ती देखेर आएपनि सो क्षेत्रका बासिन्दाको मान अनुसार सुरक्षाकर्मी राखिएको छैन् । नेपाल तर्फ सरकारी उपस्थिति  नहुँदा पाँचथर÷इलामममा विकास निर्माणका काम गर्दा दजार्नौ पटक भारतीय सिमा सुरक्षावलले अवरोध गरेका घटना छन् । नेपाल तर्फ बोलिदिने कोहि नहुँदा निरीह हुनु पर्ने बाध्यता छ ।

नेपाल तर्फ सरकारी उपस्थिति नहुँदा भारतीय सुरक्षाकर्मीको हेपाई एकतर्फ छ भने सो क्षेत्रका जैविक विविधताको सरक्षण अर्को चुनौति पूर्ण छ । उच्च पहाडी क्षेत्रको महत्पूर्ण बन क्षेत्रको संरक्षण, सिमानाको निरन्तर निगरानी तथा खुल्ला सिमानाको दुरुपयोगलाई रोक्नकालागि सुरक्षाकर्मी आवश्यक भएको कुरा पटक पटक उठ्ने गरेको छ ।  

सिमानामा सरकारी उपस्थीति नहुँदा गोठालाहरुले समाना गर्नु पर्ने बाध्यता भएको फालेलुङको फालेलुङ गाँउपालिकाको शिक्रेका राजेन्द्र राई बताउँछन् । ‘सरकारको उपस्थीति नुहँदा हामीनै सिमाको सरक्षण गरिरहेका छौँ । कहिले निर्माण काम गर्न  रोक्छन् । हामी प्रतिरोध गर्छौ । तर हाम्रो तर्फबाट बोल्दीने सरकारी निकाय छैन्’ शनिवार टेलिफोनमा भने ‘आहालमा देखिएको पछिल्लो उदाहरणमात्र हो । हामीले विरोध गरेपछि केहि हप्ता चुपचाप बस्छन् । फेरी उनीहरुले अनेकन अवरोध खडा गर्छन् । भारतर्फत सिमा सुरक्षा बल, फरेष्टका अफिस छन् ।’

सिमा क्षेत्रमा भारतबाट प्रवेशमा कुनै रोकछेक हुदैन् । भारतीय गाडीहरु नेपाली भुमिमा निर्बाद कुद्छन् । नेपाल तर्फ सिमासम्म लगिएका सडकको अवस्था अत्यान्त कमजोर छ ।  सिमानमा वोर्डर आउट पोष्ट (विओपी) राख्ने चर्चा शान्ति प्रक्रिया सुरु भएपछि देखिनै हो । तर पटक पटक चर्चा भएपनि राखिएको छैन् । याङवरकको चिया भञ्याङमा विओपी राखिहाल्ने भन्ने चर्चा भएको पनि केहि बर्ष वितिसकेको छ । शशस्त्र प्रहरीको क्याम्प राख्ने चर्चा कार्यान्वय भएको छैन् । फालेलुङमा पनि सुरक्षा पोष्ट राख्ने भन्ने चर्चा भएको थियो ।  

सिमाना क्षेत्रको संवेदनशिलतालाई बुझेर तत्काल चिवाभञ्याङमा शसस्त्रको पोष्ट राख्ने तयारी भएपनि कोरोना कारण सम्भव नभएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाईले बताए । ‘सिमाना विभिन्न ठाँउमा शसस्त्र प्रहरीको क्याम्प राख्नु पर्ने छ । हामीले कामहरु अघि बढाएका छौँ । तत्काल स्थापना गर्न खोजीएको पोष्ट पनि कोरोनाका कारण ढिलाई भयो’ उनले भने ।

जिल्लामा ४४ दशमलव ३८ किलोमीटर सिमाना भारतसँग जोडिन्छ । भारत तर्फका वेष्ट बङ्गाल र सिक्खिमको सिमाना जोडिन्छ । बढि समस्या वेष्ट बङ्गाल क्षेत्रमा हुने गर्छ । भारत तर्फ हरेक ६ किलोमीटर सिमा सुरक्षा बल (एसएसवि)को क्याम्प छ । बन लगायतका सरकारी उपस्थीति पनि छ । नेपाल तर्फ सिमानादेखि धेरै टाढा प्रहरी चौकि छन् । कम जनशक्ति र साधान भएका प्रहरी चौकिबाट सिमा सुरक्षा गर्न कठिन छ ।

याङवरक गाँउपालिकाको च्याङ्थापुमा सिमा प्रशासन कार्यालय छ । यहि सिमा प्रहरी चौकि पनि छ । तर यहाँबाट सिमाना पुग्न  झण्डै एक दिन लाग्छ । प्राङ्बुङ, मेमेङ, सिदिनमा रहेका प्रहरी चौकिबाट सिमानामा पुग्न एक दिन लाग्छ । ‘हामीले पटक पटक अनुरोध गरेका छौँ । तर सुनुवाई भएको छैन’ फालोटका चन्द्रलाल नेपाल भन्छन् ‘सिभिल सुरक्षा गार्डको रुपमा हामी गोठालाहरुले सिमा क्षेत्रको को सरक्षण गरीरहेका छौँ ।’

जैविक विविधता संरक्षणमा उस्तै चुनौती छ । भारत तर्फ सिंहलिला र कञ्चनजंघा नेशनल पार्कबाट बनक्षेत्र संरक्षीत छ । तर नेपालमा संरक्षण चुनौती पूर्ण छ । सिमा क्षेत्रमा सरकारी उपस्थीति नहुदा बन क्षेत्रको संरक्षण चुनौती पूर्ण रहेको सिमा क्षेत्रमा वन तथा वन्यजन्तू सरक्षणको काम गरीएको दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा बताउँछन् ।  

पर्यटकिय गन्तव्य भएकाले सिजनमा चहलपलह बढिनै हुन्छ । सिमाका समस्या सुनुवाइ नभएको गुनासो पटक पटक आउने गर्छ । भारतले दशगजा भित्र पूर्वाधार बनाएको छ । तर नेपाल तर्फ दशगजा कटाएर निर्माण गर्दापनि अवरोध गर्छ । चाररातेमा रहेको एसएसबिको क्याम्प दशगजाभित्र छ । सडक पनि दशगजा क्षेत्रमा बनेका छन् ।  

 

 

 

प्रकाशित: ३ जेष्ठ २०७७ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App