पोखराबाट चितवन जाँदै गरेको एउटा जीप नारायणघाट मुग्लिन सडक खण्डको दासढुंगाबाट त्रिशूली नदीमा खस्यो। त्रिशूलीमा खसेको जीपका ड्राइभर अमर लामा उद्धारकार्य छोडी नारायणगढतर्फ लागे। नारायणघाट पुगेर उनले प्रहरीलाई एमाले महासचिव मदन भण्डारी चढेको जीप त्रिशूलीमा खसेको र आफू बाँचेर आएको बताए।
युवा अवस्थाबाट कम्युनिस्ट भूमिगत राजनीति हुँदै २०४६ सालको लोकतान्त्रिक आन्दोलनबाट नेपाली राजनीतिमा आफूलाई महत्वपूर्ण उचाइमा पु(याउन सफल भण्डारी र उनका सहयात्री जीवराज आश्रितका बारेमा २०५० साल जेठ ३ गते साँझ एउटा अशुभ समाचार फैलियो।
मदन जो विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए। सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा मदनको अन्तर्वार्ता छापेको थियो। न्युजविकका मिचेल लिट् भिनले उनलाई १२ वटा प्रश्न सोधेका थिए। अन्तर्वार्ताको मुख्य सन्देश कम्युनिस्टले धर्मसंस्कृतिको सम्मान गर्दै समाज रूपान्तरण गर्ने मनसायको थियो।
कम्युनिस्टहरू धर्मसंस्कृतिको खिलाप हुन्छन् भन्ने विश्वभर आम धारणा प्रचार गरिरहेका साम्राज्यवादी तथा पुँजीवादीका लागि भण्डारीले गतिलो प्रहार गर्दै आफ्नो धारण स्पष्ट पारेका थिए।
नेकपा एमालेको महासचिव भएपछि भण्डारीले जनताको बहुदलीय जनवादलाई सिद्धान्त बनाए, यसलाई पहिलेको नेकपा एमाले हुँदै अहिलको नेकपाले पनि अनुसरण गरिरहेको छ।
विसं २०४६ को आन्दोलनबाट राजनीतिक शिखरमा पुगेका, २०४८ को संसदीय चुनावमा काठमाडौंबाट निर्वाचित सांसद र प्रतिपक्ष दलका नेता भएका कारण मदन नेपालको राजनीतिमा चर्चित थिए।
उनै भण्डारी चढेको जीप त्रिशूलीमा खसेको समाचार देशभर फैलन केही बेर लागेन। एउटा सामान्य परिवारमा जन्मेको जनताका छोरा, नेकपा एमालेका महासचिव रहस्यमय जीप दुर्घटनामा परेर बेपत्ता भएको समाचार कतिपयले विश्वास गर्न सकेनन्।
मदन जो विश्वमै प्रतिरक्षामा गएको कम्युनिस्ट आन्दोलनलाई नेपालबाट भिन्न तरिकाले सम्बोधन गर्दै थिए। सन १९९१ मे २७ मा न्युजविकले ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा मदनको अन्तर्वार्ता छापेको थियो।
अहिलेको जस्तो मोबाइल, अनलाइन, एफएम रेडियो र टेलिभिजन नभएको बेला अकस्मात रेडियो नेपालबाट आएको ‘मदन भण्डारी र जिवराज आश्रित सवार जीप दासढुंगामा दुर्घटना’ भन्ने समाचार जसले सुने ती सबैले विश्वास गर्न सकेनन्।
धेरैले समाचार सत्य नहोस् भन्ने कामना गरे। हराएको जीपबाट मदन जीवितै भेटिन्छन् कि भनेर आशा गरे र केही चमत्कार हुन्छ कि भनेर अड्कलबाजी हुन थाल्यो।
पार्टी कार्यकर्ता, सेना, प्रहरी र स्थानीय नागरिक उद्धार तथा खोजीमा लागिरहेका थिए। उद्धार टोलीले साँझ त्रिशूलीमा खसेको जीप राति १० बजे त्रिशूलीमै भएको पत्ता त लगायो तर निकाल्न भने सकेन।
जेठ ४ गते बिहान ८ बजे मस्र्याङ्दी जलविद्युत आयोजनाको क्रेनको सहायताबाट जीप पानीबाट बाहिर निकालियो। जीपमा आश्रितको मृत अवस्थामा भेटिए तर मदन भेटिएनन्। उनको अत्तोपत्तो नभएपछि घटना रहस्यमय र नियोजित भएको अनुमान लगाइयो।
उनको खोजीमा टोली खटिरहेकै थियो। दुर्घटना भएको जीपका चालकको ढोका खुल्ला र अन्य तीन ढोका बन्द (लक्ड) गरेको अवस्थामा पाइनु, ड्राइभर सकुशल भाग्नु, आश्रित जीपभित्र लास भेटिनु, मदनको रहस्यमय रूपले गायब हुनु, आफैंमा रहस्यपूर्ण घटना हुन पुग्यो।
दुर्घटना भएको स्थानमा सिसाका फुटेका टुक्रा भेटिनु, मदनको भिजिटिङ कार्ड यत्रतत्र छरिएको अवस्थामा पाइनु, सडकमै एकाध थोपा रगत देखिनु र सडकमै चप्पल र ब्रिफकेस भेटिनु जस्ता क्रियाकलापले उक्त जीप दुर्घटना भएको वा यो घटना नियोजित हो भन्नेमा आम मानिसले अहिलेसम्म शंका गरिरहेकै छन्।
जीपको ढोका बन्द अवस्थामा हुनु, जीपको ढोका खोल्न पनि नसकिने अवस्थामा भण्डारीको शरीर कसरी जीपबाट बाहिरियो भन्ने शंका आम मानिसलाई हुने नै भयो।
मदन भण्डारीको असमायिक निधनबाट असाध्य विक्षिप्त हुँदै मनमोहन अधिकारीले बारम्बार उनको शवमा हेर्दै आँसु बगाउँदै –‘पार्टीका निम्ति म मर्नुपर्ने थियो र मदन बाँच्नुपर्ने थियो, मलाईभन्दा पहिला मदन भण्डारीलाई लगेर भगवान्ले पनि अन्याए गरेको’ भनेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
जेठ ४ गते दिनभर मदनको खोजी भयो। भारतमा रहँदा बनारसको गंगा नदी पौडेर वारपार गर्न सक्ने मदन कतै जीवितै भेटिन्छन् कि भन्ने झिनो आस आम नेपालीमा रहेकै थियो।
जेठ ५ गते बिहान ८:१५ बजे दासढुंगादेखि ३२ किलोमिटर तल चितवन गुन्जनहर नारायणी किनारमा एमाले स्थानीय नेता हरि सापकोटाले मदनको शव सनाखत गरेपछि उनी जीवितै भेटिएलान् कि भन्ने आशाको त्यान्द्रो टुट्यो।
आशा र भरोसा बोकेका युवा, जनताद्वारा स्थापित कम्युनिस्ट नेता, जनता र देशले नचाहँदानचाहँदै अल्पायुमै सधैंका लागि गुमाउनु प-यो।
शव भेटिएको समाचार देशभर हावासरि फैलियो। तत्काल प्रगतिशील साहित्यकार रामचन्द्र भट्टराईको शब्द रामेशको संगीतका जेबी टुहुरेले मदनप्रति श्रद्धाञ्जली दिए
।।मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै छ,
देशभक्त छोरा मर्दा देशै रुँदो रै छ।
आँखाबाट आँसु हैन माया बग्दो रै छ,
शोकसँगै वेदनाको हुरी चल्दो रै छ।
आफ्नो प्रिय नेतालाई काँधमाथि बोकी,
मानिसको लाम आफै घाट जाँदो रै छ।
बाँकी सारा सपनालाई पूरा गर्छौ भन्दै,
मुठी कसी मलामीले कसम खाँदो रै छ।
मृत्युसँग नडराउने वीर मान्छे हुन्छ,
सगरमाथा चढ्नेले नै चुचुरालाई छुन्छ।
एकै वचन जिन्दगीको मूलमन्त्र हुन्छ,
हराएको मानिसको याद आइरहन्छ।।।।।।
सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ। बन्दुकको शक्तिबाट मात्र हैन जनमतद्वारा कम्युनिस्टहरू राज्यसत्तामा पुग्न सक्छन्। राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्ने विचारहरू स्थापित गराउन मदन भण्डारी नेपाली राजनीतिमा क्रियाशील रहिरहेकै बेला एउटा रहस्यमय दुर्घटनामा परेर अस्ताए।
स्वर्गीय मदन भण्डारीप्रति दशरथ रंगशालामा श्रद्धाञ्जली दिदै नेपाली कांग्रेसका नेता गणेशमान सिंहले शोकपुस्तिकामा लेखे, ‘भन्डारीको निधनले देशको मुख्य प्रतिपक्ष एमालेलाई मात्र होइन, राष्ट्रले दिशाबोध गरेको प्रजातान्त्रिक राजनीतिको प्रगतिमाथि नै ठूलो धक्का पुर्याएको छ। राष्ट्रले एक सशक्त नेता र मैले एक ठूला सहयोगी मित्र गुमाएको छु। म प्रखर मित्रको सहयोगबाट वन्चित भएको छु।’
यस घटनाको आठ वर्षपछि २०५८ जेठ १९ गते राजा वीरेन्द्र र उनको पूरै परिवारको मदन भण्डारीको जस्तै रहस्यमय दरबार हत्याकाण्डमा मृत्यु भयो। यी दुवै घटना भएका बेला देशको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। दरबार हत्याकाण्डलाई ‘ग्रान्ड डिजाइन’ भन्दै कोइरालाले यो विषय बाहिर ल्याउने बताउँथे। देशको प्रधानमन्त्री तथा राष्ट्रप्रमुख पनि भएका गिरिजाले यो विषय बाहिर ल्याउन चाहेनन् र उनको पनि २०६७ चैत ७ गते निधन भइसकेको छ।
भारतका तात्कालीन राजदूत प्राडा विमलप्रसादले स्मारिकामा लेखे, ‘मैले भण्डारीसित धेरै अवसरमा भेट्ने मोका पाएँ र परिणामतः म उहाँप्रति आशक्त बनें। उहाँले मलाई अत्यन्तै समर्पित, निष्कपट र विचारशील व्यक्तिको रूपमा प्रभावित पार्नुभयो। उहाँको निधन मेरो वैयक्तिक क्षति पनि हो। उहाँको साहस र इमानदारीप्रति मेरो अगाध सम्मान छ।’
त्यस्तै नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले शोकपुस्तिकामा लेखे, ‘मदन भण्डारी एक महान मान्छे हुनुहुन्थो। राजनीतिक नेतामा हुनुपर्ने सबै गुण उहाँमा थियो। भर्खरै कलकत्तामा भएको कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय भेलामा उहाँले कम्युनिस्टहरूले अपनाउनुपर्ने उदार नीतिका बारेमा र विश्व समाजमा कम्युनिज्म कसरी फस्टाउन सक्छ भन्नेबारे दिनुभएको सारपूर्ण भाषणलाई विश्वकै माक्र्सवादीहरूले ध्यान दिएर सुनेका थिए। यस्तो व्यक्तित्वलाई गुमाउनु पर्दा मलाई धेरै दुःख लागेको छ। भण्डारीको मृत्यु यो राष्ट्रकै निम्ति ठूलो र अपुरणीय क्षति हो।’
मदन भण्डारीको असमायिक निधनबाट असाध्य विक्षिप्त हुँदै मनमोहन अधिकारीले बारम्बार उनको शवमा हेर्दै आँसु बगाउँदै –‘पार्टीका निम्ति म मर्नुपर्ने थियो र मदन बाँच्नुपर्ने थियो, मलाईभन्दा पहिला मदन भण्डारीलाई लगेर भगवान्ले पनि अन्याए गरेको’ भनेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
दासढुंगा जीप दुर्घटनाका ड्राइभर अमर लामा केही समय जेल बसेर रिहा भएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
राजा वीरेन्द्रले मदन भण्डारीप्रति शोकव्यक्त गर्दै वक्तव्य निकाले ‘उहाँको निधनमा देशले एक समर्पित राष्ट्रवादी तथा सिद्धान्तवादी राजनीतिज्ञलाई गुमाएको छ।’
यस घटनाको आठ वर्षपछि २०५८ जेठ १९ गते राजा वीरेन्द्र र उनको पूरै परिवारको मदन भण्डारीको जस्तै रहस्यमय दरबार हत्याकाण्डमा मृत्यु भयो। यी दुवै घटना भएका बेला देशको प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। दरबार हत्याकाण्डलाई ‘ग्रान्ड डिजाइन’ भन्दै कोइरालाले यो विषय बाहिर ल्याउने बताउँथे। देशको प्रधानमन्त्री तथा राष्ट्रप्रमुख पनि भएका गिरिजाले यो विषय बाहिर ल्याउन चाहेनन् र उनको पनि २०६७ चैत ७ गते निधन भइसकेको छ।
दासढुंगा जीप दुर्घटनाका ड्राइभर अमर लामा केही समय जेल बसेर रिहा भएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
नेपालको राजनीतिक इतिहास हेर्दा सत्ता प्राप्तिका लागि ठूला हत्याकाण्ड हुने गरेको पाइन्छ। राजकुमार बहादुर शाहको दुर्भाग्यपूर्ण अवसान, जनरल भिमसेन थापाको आत्मघात वा मुख्तियार माथवरसिंह थापाप्रति विश्वासघात, सत्ता पाउनु वा गुमाउनको लागि एक न एक व्यक्ति मारिनुपरेको नेपालको इतिहास छ।
मदन भण्डारीको शवको प्रकृति हेर्दा दुवै खुट्टामा मोजा लगाएको, सर्ट लगाएको तर छालाको पेटीले कसिएको पाइन्ट नभएको, आँखा, हात, कुहिना र दुइटै घुँडामा चोट भएको र डाक्टरको रिपोर्टमा मदन भण्डारीको निधन पानीमा पर्नु अगावै भएको रिपोर्ट आउनुले पनि घटना अझै रहस्यमय भयो।
जीपका ड्राइभर अमर लामाको बयान फेरिनु, जिवराज आश्रितको शव दुर्घटनाग्रस्त जीपमै पाइनु र भण्डारीको शव चितवन गुन्जजहरको गाजिपुरछेउ नारायणी नदी किनारमा भेटिनु जस्ता घटनाले यो दुर्घटनालाई अहिलेसम्म रहस्यपूर्ण बनाएको छ।
मदन भण्डारीकी धर्मपत्नी अहिले दोस्रो पटक राष्ट्रप्रमुख बनेकी छन् तर अझै यो घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन।
‘समकालिन तीसरी दुनियाँ’ मे— जुलाई १९९३ अंकमा आनन्दस्वरूप वर्मा लेख्छन् — ‘जुन परिस्थितिमा नेपालमा दुई वरिष्ठ कम्युनिस्ट नेताको मृत्यु भयो र आजसम्म जे जस्ता तथ्यहरू सामुन्नेमा आए त्यसबाट सिद्ध हुन्छ गिरिजाप्रसाद कोइरालाले ड्राइभरको लापरवाही भनेर दुर्घटना साबित गर्न लागेको घटना दासढुंगा हत्याकाण्ड सामान्य दुर्घटना थिएन, योजनाबद्ध षड्यन्त्र थियो। उपर्युक्त हत्याको एक मात्र उद्देश्य नेपाली वामपन्थी राजनीतिको निरन्तर तथा प्रचण्ड हुँदै गइरहेको वेग रोक्नु थियो। कमरेड मदन भण्डारीले आजभन्दा दुईअढाई वर्षअघि एउटा कुराकानीमा बताउनुभएको थियो कि अमेरिकी साम्रराज्यवाद तथा राष्ट्रभित्रै कैयौं दशक अघिदेखि जनतालाई आफ्नो शोषणको सिकार बनाएर आइरहेको प्रतिक्रियावादी शक्तिहरू यहाँ सक्रिय छन्। विश्वमा सारा देशमा साम्यवाद सखाप पारेको सफलतामा खुसी मनाइरहेको अमेरिकालाई कुनै पनि देशको राष्ट्रिय राजनीतिमा साम्यवादी शक्ति मुख्यधारका रूपमा विकसित हुनु चिन्ताको विषय बन्छ। दक्षिण अफ्रिकी कम्युनिस्ट नेता क्रिस हानीको हत्यामा यो सन्देश मिलेको छ कि साम्राज्यवादी शक्तिले आफ्नो निसाना त्यस्तो ठाउँमा लगाएको छ जहाँ कम्युनिस्ट आन्दोलन प्रभावकारी र तेजिलो छ।’
तत्कालीन नेकपा एमालेले आफ्नो सरकार आएपछि यो घटनाको छानबीन गर्ने उद्घोष ग¥यो तर अहिलेसम्म एमाले पटकपटक सरकारको नेतृत्वमा पुग्यो, अहिले एमाले र माओवादी केन्द्र पार्टीबीच एकता भई स्थिर सरकार भएका बेला पनि यो रहस्यमय घटनाबारे छानबीन हुन सकेको छैन।
मदन भण्डारीकी धर्मपत्नी अहिले दोस्रो पटक राष्ट्रप्रमुख बनेकी छन् तर अझै यो घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन।
मदन भण्डारीका नाममा अध्ययन केन्द्र, फाउन्डेसन, कलेज लगायत विभिन्न संस्था खुलेका छन्। उनकै नाममा विश्वविद्यालय खुल्ने तयारी छ। तर, उनकै निधनका विषयमा भने सत्यतथ्य छानबीन हुन नसकेको यो दुर्घटना एकादेशको कथामा परिणत हुन लागेको छ।
नेपाली कम्युनिस्ट आन्दोलनका प्रेरणदायी व्यक्ति मदन भण्डारीको जन्म २००९ असार १४ गते शुक्रबार ताप्लेजुङ, ढुंगेसाँघु गाविस ८ ठोट्नेमा भएको थियो। २०२८ सालमा पुष्पलाल समूहको नेपाली जनवादी क्रान्तिकारी सांस्कृतिक संघको केन्द्रीय सदस्यबाट राजनीतिक यात्रा आरम्भ गरेका भण्डारी नेकपा मालेको चौथो महाधिवेशन बाट महासचिव हुँदै नेकपा एमालेको प्रवक्ता र २०४९ मा पाँचौं महाधिवेशनबाट पुनः एमालेको महासचिवमा भएका थिए, २०४८ को प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं। १ बाट निर्वाचित मदन भण्डारीको नेपाली राजनीतिक क्षेत्रमा अहिले पनि गहिरो प्रभाव छ। नेपाली समाजको वस्तुस्थिति विश्लेषण र पहिचान गर्दै विश्वको राजनैतिक परिवेश बुझ्न सक्ने र सबैलाई मिलाएर अगाडि बढ्ने विशिष्ट क्षमता उनमा रहेको पाइन्छ।
प्रकाशित: ३ जेष्ठ २०७७ ०५:१८ शनिबार