coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी

कोरोना महामारीले मुलुक थला परिरहेको बेला राष्ट्रपतिको सवारी पनि सामान्य होला भन्ने अनुमान धेरैको थियो ।

लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छयत्रो सुरक्षाकर्मी किन राखिए होलान् ?

शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियोराष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज लिएर नयाँ वानेश्वरतर्फ लागिन् । 

सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्कधरी लगाउन पाएका थिएनन् । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले भौतिक दुरीसमेत कायम राख्न सकिरहेका थिएनन् । 

सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार दिउँसो ४ः१० बजे उनी संसद् भवन ओर्लिइन् । हातमा पञ्जा र मास्क लगाएकी राष्ट्रपति संसद् भवनतर्फ अघि बढिन् । सँगसँगै थिएउपराष्ट्रपति नन्दबहादुर पुनप्रधानमन्त्री केपी शर्मा ओलीथुप्रै मन्त्रीनेता र सांसदहरू । कोरोना महामारीले मुलुक थला परिरहेको बेला राष्ट्रपतिको सवारी पनि सामान्य होला भन्ने अनुमान धेरैको थियो । सादा ढंगले उनी संसद् भवन पुग्छिन् होला भन्ने सोचेका सर्वसाधारणले राष्ट्रपतिको सवारीमा पुरानै छनक पाए । 

खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले संकटको बेला राष्ट्र प्रमुखहरूले स्वविवेक प्रयोग नगरेको बताए । ‘संकटको बेलामा पनि परम्परागत रूपमा सवार गरियोअरूलाई सान्तवना दिनुपर्नेले कुबेलामा आफ्नो दम्भ प्रस्तुत गर्ने स्वभाव राम्रो होइन,’ उनले भने, ‘अर्को कुरा नीति तथा कार्यक्रममा दिएको प्रस्तुति पनि उर्जावान देखिएन ।’ 

संसद् भवनमा राष्ट्रपतिको सुरक्षा र स्वागतका लागि उत्तिकै चमकदमक थियो । गत वर्षहरूमा झकिझकाउ पार्ने अवस्था भए पनि यो वर्ष भने कोरोना महामारीका कारण केही असहज हुने अवस्था थियो । तर राष्ट्रपतिको सवारी र स्वागत नाममा सरकारले तडकभडक प्रदर्शन गर्न कुनै कमी गरेन ।

राष्ट्रपतिको सवारीको बेला जिल्ला सुरक्षा समितिले उनको सुरक्षा कार्यक्रम तय गर्छ । शुक्रबार पनि समितिले उनको सुरक्षा व्यवस्था तय गरेको थियो । राष्ट्रपति कार्यालयसँगको समन्वयमा गरिने सुरक्षा कार्यक्रमको मुख्य जिम्मा प्रमुख जिल्ला अधिकारीनेपाली सेना र प्रहरीलाई दिइन्छ । संक्रमणको बेला भए पनि राष्ट्रपतिको सुरक्षामा परिवर्तन नहुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार पुरानै तरिकाले राष्ट्रपतिको सुरक्षा व्यवस्था मिलाइएको थियो । 

तर कोरोना भाइरसका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शुक्रबार संसद् भवनको दृश्य विगतभन्दा फरक देखिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी मास्क र पञ्जा लगाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेकी थिइन् भने प्रधानमन्त्रीदेखि सबै सांसदहरू मास्कमा थिए । 

प्रकाशित: २ जेष्ठ २०७७ २१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App