९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

अलमलमा जनप्रतिनिधि, कार्यकाल अधुरै सकिने चिन्ता

रोल्पा सदरमुकाम लिवाङ । तस्बिर : दिनेश/नागरिक

अब बिकास बजेट खर्चौला र केहि काम गरौला भनेका जनप्रतिनिधिहरु कोरोना महामारीका त्रास संगै देश लकडाउनमा गएपछि दिक्क बनेका छन । उनिहरु ‘असफलताको ट्याग’ लाग्न सक्ने भन्दै चिन्तित बनेका हुन ।

पहिलो बर्ष काम सिक्दैमा बिताएका जनप्रतिनिधिलाई दोस्रो बर्ष कर्मचारी अभाबले काम गर्न असहज बनाएको थियो । यो पटक भने छिटो, छरितो र राम्रो काम गर्ने योजना सहित बसेका उनिहरुलाई लकडाउनले फेरी पनि गतिलो संग काम गर्न दिएको छैन ।  

धमाधम योजनाहरु संचालन गर्ने समयमा देश लकडाउनमा गएपछि जिल्लाका सयौ ठुला साना योजनाहरु अलपत्र परेका छन । कर्मचारीहरु कार्यालय बन्द भएपछि घरतिर लागेका छन । जनप्रतिनिधिलाई स्वास्थ्य र क्वारेन्टाईन ब्यबस्थापनमा भ्याई नभ्याई छ । 

बजेट प्रयाप्त भए पनि काम गर्ने बाताबरण नभए पछि चारैतिर अलमल देखिन्छ । यतिबेला जनप्रतिनिधिलाई काम गर्न नपाउनुको चिन्ता संगै गर्न सकेनन् भनेर लाग्ने आरोपको पनि उत्तिकै भय छ । कार्यकाल अधुरै सकिने चिन्तामा रहेका उनिहरु लकडाउनमै पनि योजना सकाउन लागिरेहका छन ।  

कार्यकाल अधुरै सकिने चिन्तामा रहेको बताउदै परिबर्तन गाउँपालिकाका अध्यक्ष निमकान्त डागी भन्छन् ‘यो समयमा गर्न नसकेको बुझिदिनुपर्ने हो तर आरोपको भय चाहि छ ।’ त्रिबेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वली भन्छन् ‘परिस्थिति बुझ्नेले असफलताको ट्याग लगाउदैन । असहजताका बिचमा पनि काम गरिरहेका छौ । खोजेका थियौ तर परिस्थिति नै असहज बन्यो तर पनि आरोप लगाउनेलाई सजिलो हुनेछ ।’  

अघिल्ला दुई बर्ष गतिलो संग काम नगरेका वा गर्न नपाएका स्थानिय तहहरुले यसपटक फेरी घोषणा पत्र अनुसार प्रगती देखाउन सक्ने छैनन् । ‘अघिल्लो दुई बर्ष पनि यो भन्दा अलि बढि गर्न सकिन्थ्यो । यो बर्ष पनि दुई चौमासिक सकिदा सम्म पनि खासै काम भएको थिएन ।’

नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने भन्छन ‘बिबिध कारणले स्थानिय तहका पहिलो निर्बाचित जनप्रतिनिधिको गतिलो मुल्याङ्कन नहुने भयो । यो ५ बर्ष सिक्दैमा बित्ने सम्भाबना देखिन्छ ।’ हुन त रोल्पामा पहिलो आठ महिना सकिदा सम्म पनि बिभिन्न बिकासे कार्यालय र स्थानिय तहहरुले निकै कम बजेट खर्चिएका छन ।  

यो आर्थिक बर्षको दोस्रो चौमासिक अर्थात ८ महिनाको अबधिमा पुजिगत तर्फ केन्द्र सरकारले दिएको कुल बजेटको १३.३४ प्रतिसत र प्रदेश सरकारले दिएको कुल बजेटको १५.४० प्रतिसत मात्र निकासा भएको छ । केन्द्र सरकारको ९३ करोड ९० लाख ९ हजार बजेट मध्य हाल सम्म १२ करोड ५३ लाख ४ हजार ३ सय ८२ रुपैया मात्र निकासा भएको छ । प्रदेश तर्फको पुजिगत बजेट ४० करोड ७१ लाख ८४ हजार बजेट रहेकोमा ६ करोड २७ लाख ६ हजार ९ सय ५१ रुपैया ४० पैसा मात्र निकासा भएको छ ।

त्यसै गरि केन्द्र सरकारको चालु तर्फ ३ अर्ब ८८ करोड ५८ लाख ६४ हजार ४ सय ९९ रुपैया १७ पैसा मध्य २ अर्ब ३७ लाख ८१ हजार ८ सय ८८ रुपैया ४४ पैसा निकासा भएको छ भने प्रदेशले दिएको ६९ करोड ८७ लाख ७ हजार मध्य ३२ करोड ७४ लाख ८९ हजार १ सय ९८ रुपैया ६६ पैसा निकासा भएको हो । 

यहाँ निकासा भएको देखिएको रकम पनि खर्च भने न्युन रहेको देखिन्छ । रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष बिवकुमार चन्द अलमल रहेको बताउछन । ‘समय अलमल मै बित्ने देखिन्छ । संघिय, प्रदेश र स्थानिय सरकारले गतिलो संग समयमै बजेट खर्च गर्न नसक्नु स्पष्ट निति बिधि नहुनुको परिणाम हो ।’

प्रकाशित: १ जेष्ठ २०७७ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App