९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसदको अधिवेशन आह्वान

काठमाडौं- राष्ट्रपतिले संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन्। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २६ गते शुक्रबार  ४ बजे अधिवेशन आह्वान गरेकी हुन्।

सरकारले बजेट अधिवशेन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले  वैशाख २६ गते ४ बजे बजेट अधिवेशन बोलाउन सिफारिस गरेको थियो।

जेठ १५ गते बजेट पेश गर्नुपर्ने संवंधानिक व्यवस्था छ। संविधानको धारा ११९ मा संघीय सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ महिनाको १५ गते बजेट संघीय संसदमा पेश गर्नुपर्ने प्रावधान छ।

सामाजिक दूरी कायम गरेरे संसद बैठक चलाउने तयारी भएको संसद सचिवालयले जनाएको छ। बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्ने गरिन्छ।

 

प्रकाशित: २१ वैशाख २०७७ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App