काठमाडौं- समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएको छ। मध्यरातमा नेताहरुले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन्। नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ। झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ।
एकताको सहमतिमा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र सरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।
प्रकाशित: १० वैशाख २०७७ १७:४४ बुधबार