४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले बुधबार(आज) सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो। मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच भेटघाट भएपछि बुधबारलाई सचिवालय बैठक बोलाइएको हो।

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुनुअघि नेकपाको सचिवालय बैठक बसेको थियो। सो बैठकले ओलीको स्वास्थ्य लाभको कामना गरेको थियो। बुधबार बस्ने बैठकमा विश्वभरि फैलिएको कोभिड–१९ (कोरोना) भाइरस संक्रमणबारे छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था तथा समसामायिक राजनीतिक विषयमा छलफल हुनेछ। बैठक प्रधानमन्त्री निवासबालुवाटारमा ४ बजे बस्ने भएको छ।

अघिल्लो सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन नभएको अवस्थामा बुधबार बैठक बस्न लागेको हो। पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्ने निर्णय अलपत्र परेको छ। त्यसैगरी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)बारे वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा अध्ययन गर्न बनेको कार्यदलले बझाएको प्रतिवेदनको बारेमा पनि कुनै छलफल भएको छैन। राष्ट्रियसभामा गौतमको मनोनयको विषयमा प्रधानमन्त्री ओली नै असन्तुष्ट रहेका थिए। राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनयन हुने एक सिट खाली रहेको छ।             

प्रकाशित: ५ चैत्र २०७६ ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App