५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जानकी प्रदेशमा ३७ मत खस्यो

जनकपुर – प्रदेश नम्बर–२ को नामाकरण र राजधानी तोक्न मतदान भइरहेकाे छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी प्रदेशको नाममा मतदान सकिएको हो।

प्रदेशसभाको १०७ सदस्यीय मध्ये ३७ जनाले जानकी प्रदेश नामको पक्षमा मतदान गरेका छन्। नेकपाको ३२ जना सदस्य सांसद छन्। तर पनि  ५ जनाको मतदान बढी आएको छ।

कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रदेशको नाममा भने मतदान केही बेरमा सुरु हुने बताइएको छ।

प्रदेश सरकारमा सहभागी समाजवादी र राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर प्रस्ताव गरेको छ। सभामुख सरोज कुमार यादवले पहिलो मतदान गरेका थिए।

सहमति नभएपछि संसदीय समितिको विषेश समितिले मतदानको लागि सुझाव दिएको थियो ।

प्रकाशित: ४ चैत्र २०७६ १०:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App